News मनाङ विरुद्ध राईको डेब्यु खेलमै गोल
गोलनेपाल

काठमाडौं । कतार एयरवेज ए डिभिजन लिगतर्फ साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सोमबार बराबरीमा रोकिएको छ । लिगको चौथो चरणतर्फ एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङले फ्रेण्डस क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

खेलको ११औं मिनटमै रन्जन बिष्टको गोलबाट मनाङले खेलमा शुरुवाती अग्रता बनाएको थियो । यद्यपि दोस्रो हाफको ६३औं मिनटमा भर्खरै फ्रेण्डसमा आवद्ध भएका पूर्व इण्डियन सुपर लिग क्लब चेन्नईनका फरवार्ड उत्तम राईले बराबरी गोल गर्दै टोलीलाई जारी लिगमा पहिलो अंक दिलाए ।

लिगमा राईको यो डेब्यु गोल अविष्मरणीय समेत बन्यो । यो नतिजापछि ४ खेलबाट १० अंक जोडेको मनाङ शिर्ष स्थानमा छ । उता फ्रेण्डस भने १ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

Post Comments