
काठमाडौं । ए डिभिजन लिगको शुरुवातबाटै खराब लयमा रहेको जावलाखेल युथ क्लबले सोमबार लिगमा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा भएको दोस्रो खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) सँग गोलरहित बराबरी खेल्दै जावलाखेलले पहिलो अंक जोडेको हो ।
यो नतिजापछि ४ खेलबाट १ अंक जोडेको जावलाखेल १३औं स्थानमा उक्लेको छ । तर अझै पनि रेलिगेशन क्षेत्र मै संघर्षरत छ । पुछारमा भने समान अंक भएको एपिएफ छ । त्यस्तै बीबीसी भने ५ अंकका साथ सातौं स्थानमा छ ।
सोमबारको खेलसँगै चौथो चरणका खेलहरु पनि सम्पन्न भएका छन् । ४ खेलबाट १० अंक जोडेको साविक विजेता मच्छिन्द्र शिर्ष स्थानमा छ । समान अंक भए तापनि मनाङ दोस्रो स्थानमा छ ।
पाँचौं चरणका खेलहरु पुष २ गतेदेखि शुरु हुनेछन् । जसमा म्याच नम्बर ३२ को खेल पोखरा रंगशालामा हुनेछ । जहाँ मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्ने कार्यक्रम छ ।