गोरखा । मोफसलको फुटबलमा विस्तारै आफ्नो फरक पहिचान स्थापित गर्न प्रयासरत गोर्खाको चर्चित द ओसन क्लबको अध्यक्षमा फेरि अमित खत्री नै चयन भएका छन् ।
गोरखा नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष कुल बहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको क्लबको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले खत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
त्यस्तै क्लबको उपाध्यक्षमा बिनिता केसी, सचिवमा सबिन केसी र कोषाध्यक्षमा प्रकाश देवकोटा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सन्दिप अर्याल, रन्जित केसी, प्रमिला केसी, मिलन बस्नेत र राजेन्द्र सिर्मल रहेका छन् ।
सो अधिवेशनले प्रथम द ओसन क्लब विकास योजना पनि पारित गरेको छ । स्मरणीय छ, क्लबले आफ्नै लगानीमा आकर्षक टर्फसहितको खेलमैदान निर्माण गरेर नियमित जसो फुटबल प्रतियोगिता गर्दै आइरहेको छ ।
साथै जिल्ला भित्रका फुटबल गतिविधीहरुलाई पनि जिवन्त राख्न र स्थानीय खेलाडीहरुलाई एउटा प्लेटफर्म प्रदान गर्न हरसम्भव प्रयास भईरहेको अध्यक्ष खत्रीले बताएका छन् ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन