News द ओसन क्लबमा खत्री कै निरन्तरता
गोलनेपाल

गोरखा । मोफसलको फुटबलमा विस्तारै आफ्नो फरक पहिचान स्थापित गर्न प्रयासरत गोर्खाको चर्चित द ओसन क्लबको अध्यक्षमा फेरि अमित खत्री नै चयन भएका छन् ।

गोरखा नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष कुल बहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको क्लबको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले खत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

त्यस्तै क्लबको उपाध्यक्षमा बिनिता केसी, सचिवमा सबिन केसी र कोषाध्यक्षमा प्रकाश देवकोटा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सन्दिप अर्याल, रन्जित केसी, प्रमिला केसी, मिलन बस्नेत र राजेन्द्र सिर्मल रहेका छन् ।

सो अधिवेशनले प्रथम द ओसन क्लब विकास योजना पनि पारित गरेको छ । स्मरणीय छ, क्लबले आफ्नै लगानीमा आकर्षक टर्फसहितको खेलमैदान निर्माण गरेर नियमित जसो फुटबल प्रतियोगिता गर्दै आइरहेको छ ।

साथै जिल्ला भित्रका फुटबल गतिविधीहरुलाई पनि जिवन्त राख्न र स्थानीय खेलाडीहरुलाई एउटा प्लेटफर्म प्रदान गर्न हरसम्भव प्रयास भईरहेको अध्यक्ष खत्रीले बताएका छन् ।

Post Comments