News मार्टिन्सको गोलले रोकियो आर्मी
गोलनेपाल

काठमाडौं । खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई केही क्षण मै गुमाउन पुगेको त्रिभुवन आर्मी फुटबल क्लबले ए डिभिजन लिगमा शुक्रबार पाँचौं चरणको पहिलो खेल बराबरी खेलेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले नव आगन्तुक टोली सातदोबाटो युथ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको दशौं मिनट मै दिनेश हेन्जनको गोलबाट अग्रता लिएको आर्मीले त्यसलाई केही क्षण मै गुमाउन पुगेको थियो । गोल खाएको ६ मिनट लगतै सातदोबाटोका लागि अजयी मार्टिन्सले बराबरी गोल फर्काएका थिए ।

खेलमा बराबरी गोल गरेका सातदोबाटोका मार्टिन्स नै म्यान अफ द म्याच समेत घोषित भए । उनले त्यसवापत नगद दश हजार र ट्रफी हात पारे । त्यस्तै दुवै टोलीले म्याच मनी वापत २५–२५ हजार पनि प्राप्त गरे ।

शुक्रबारको नतिजापछि ५ खेलबाट ९ अंक जोडेको तेस्रो स्थानमा छ । र शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । एक खेल कम खेलेको साविक विजेता मच्छिन्द्र १० अंकका साथ शिर्ष स्थानमा छ । त्यस्तै ८ अंक जोडेको सातदोबाटो लिगतालिकाको चौथो स्थानमा छ ।

Post Comments