घोडेटार । छैठौं भिमदल राई स्मृति हतुवागडी गोल्डकप २०७८ को फाइनलमा घोडेटार एफसी र आमतेक एफसी भिड्ने भएका छन् । शनिबार भएको पहिलो सेमी फाइनल खेलमा घोडेटार फुटबल क्लबले बालाङ्गखा फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
घोडेटारको जितमा पहिलो हाफको १६औं मिनेट मा रोशन भुजेलले पहिलो गोल गरे भने लगतै १७औं मिनटमा अभिसेक बि.क. ले त्यो अग्रता दोब्बर पारे । त्यस्तै घोडेटारका लागि दोस्रो हाफको १३औं मिनटमा मिनेटमा बिनोद राईले तेस्रो गोल थपे भने २५औं मिनटमा अजित चौधरीले चौथो गोल गर्दै टोलीको जित पक्का गरे ।
त्यस्तै दोस्रो सेमीफाइनल खेलमा आमतेक फुटबल क्लबले सुन्तुम राक्तुम फुटबल क्लबलाई ९–१ को को फराकिलो अन्तरले हरायो । आमतेकको जितमा निरज थापा मगरले एक्लैले ७ गोल गरे । थप दुई गोल भने फोफानाले गरे । खेलमा निरज थापा मगर म्यान अफ द म्याच घोषित भए ।
अब फाइनलमा उपाधिका लागि आमतेक एफसी र घोडेटार एफसी प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पौष ४ गते आइतबारका दिन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ६६ हजार ६ सय २२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार ३० रुपैयाँ हात पार्नेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा