News रोयल गोर्खाज सेमिफाइनलमा
गोलनेपाल

अत्तरिया । यहाँ जारी सुदुरपश्चिम राजधानी कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा रोयल गोर्खाजले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

गोदावरी नगरपालिका–८ स्थित शिवशक्ति क्लबको खेलमैदानमा भएको खेलमा रोयलले गौरीगंगा–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

रोयलका लागि कान्ती पातलीले एक मात्र निर्णायक गोल गरिन् । खेलको प्लेयर अफ द म्याच भने रोयल कै अञ्जली चन्द घोषित भईन् । त्यसवापत उनले नगद ३ हजार प्राप्त गरिन् ।

रोयलले अब सेमिफाइनलमा पौष ७ गतेका दिन अत्तरिया स्पोर्टस एकेडेमीसँग खेल्नेछ । पिएफए स्पोर्टस क्लब, अत्तरिया कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अमित बरालले जानकारी दिए ।

कुल ६ टोलीहरुले सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष १० गतेका दिन हुने समेत अध्यक्ष बरालले बताए ।

Post Comments