News लमजुङमा तमु ल्होसार कप हुँदै
गोलनेपाल

सिङ्दी । गुरुङ समुदायहरुको महान चाड तमु ल्होसार (पौष १५) को अवसर पारेर लमजुङको सिङ्दीमा तमु ल्होसार कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

श्री सत्य सेवा युवा क्लब, क्व्होलासोंथर–५, सिङ्दी लमजुङमा यहि पौष १२ देखि १६ गतेसम्म हुन गईरहेको प्रतियोगिताको टिम दर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ ।

टिम दर्ताका लागि ४ हजार र कार्डका लागि थप एक हजार गरी ५ हजार बुझाउनु पर्ने आयोजकले बतायो । साथै टिम दर्ताका लागि अन्तिम मिति यहि पौष ११ गतेसम्म रहेको समेत आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments