News लिगमा फ्रेण्डसको संघर्ष जारी
गोलनेपाल

काठमाडौं । ए डिभिजन लिगको पुछारमा रहेर संघर्ष गरिरहेको फ्रेण्डस क्लबले शुक्रबारदेखि शुरु छैठौं चरणको दोस्रो खेलमा लिगको तेस्रो बराबरी खेलेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेण्डसले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । फ्रेण्डसको यो सिजनको तेस्रो बराबरी नतिजा समेत हो ।

यो नतिजापछि ६ खेलबाट ३ अंक मात्र जोडेको फ्रेण्डस लिगतालिकाको पुछार मै छ । उता बराबरी नतिजापछि ६ अंक जोड्न सफल पुलिस आठौं स्थानमा छ ।

खेलमा पुलिसका गोलरक्षक शत्रुधन चौधरी म्यान अफ द म्याच चुनिए । त्यसवापत उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । साथै बराबरी खेलेका दुवै टोलीले २५–२५ हजार समेत हात पारे ।

 

Post Comments