News जावलाखेलसँग निराश बन्यो च्यासल
गोलनेपाल

काठमाडौं । कतार एयरवेज ए डिभिजन लिग फुटबल प्रतियोगितातर्फ यस सिजन राम्रो लयमा देखिएको जावलाखेल युथ क्लबले दोस्रो जित हात पारेको छ ।

आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा जावलाखेलले मंगलबार च्यासल युथ क्लबलाई २–० ले निराश तुल्यायो । जावलाखेलले अन्तिम समयतिर नाटकीय रुपमा दुई गोल गर्न सफल भएको थियो ।

जावलाखेलका लागि पहिलो गोल ८०औं मिनटमा रुप बहादुर लामाले गरे भने ८२औं मिनटमा बिजय घलानले दोस्रो गोल गरेका थिए । खेलमा जावलाखेलका रुप बहादुर लामा म्यान अफ द म्याच घोषित भए ।

यो नतिजापछि चार खेलबाट २ जित र २ बराबरी गरेको जावलाखेल ८ अंकका साथ तेस्रो स्थानमा छ । उता पराजित च्यासल भने ४ अंकका साथ आठौं स्थानमा छ ।

Post Comments