News फोर ब्रदर्शलाई नवलपरासी जिल्ला लिगको उपाधि
सुरज राना मगर

सुनवल । नवपरासी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि फोर ब्रदर्श फुटबल क्लबले जितेको छ । किर्तिपुर खेलमैदानमा भएको निर्णायक मानिएको खेलमा फोर ब्रदर्शले राइजिङ स्टार सामुदायिक प्रतिष्ठानलाई २–१ ले हराउँदै नवलपरासी लिग च्याम्पियन बनेको हो ।

नवलपरासीका कुल ९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा भएको थियो । ८ खेलबाट २० अंक जोडेको जोडेको लिग विजेता फोर ब्रदर्श शिर्ष स्थानमा रहँदा १७ अंकका साथ राइजिङ स्टार दोस्रो स्थानमा रह्यो ।

लिग विजेता बनेको फोर ब्रदर्शले उपाधिसहित नगद ६० हजार हात पार्यो भने दोस्रो स्थान हासिल गरेको राइजिङ स्टारले ४० हजारमा चित्त बुझाउन बाध्य बन्यो ।

त्यस्तै पुछारका दुई टोली सरावल खेलकुद प्रतिष्ठान र सुर्य युवा क्लब रेलिगेशनमा परेको नवलपरासी फुटबल संघका अध्यक्ष धनप्रसाद गुरुङले जानकारी दिए । लिगलाई सफलताका साथ सम्पन्न गर्न सबैतर्फबाट आवश्यक सहयोग मिलेको बताउँदै अध्यक्ष गुरुङले सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

 

Post Comments