News संकटा विरुद्ध पुलिसलाई तीन अंक
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको चौथो चरणतर्फ नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले संकटा क्लबलाई २-१ ले हरायो । पुलिसको जितमा सुमन लामा चम्किए ।

खेलको १५औं मिनटमा लामाकै प्रहार क्लियर गर्ने क्रममा अमित तामाङले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।अमित तामाङले १८ मिनेटमा बराबरी गोल गरे।

त्यस्तै पहिलो हाफकै ३३औं मिनटमा सुमन लामाले नै पुलिसका लागि दोस्रो गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

यो जितसँगै ४ खेलबाट पुलिसको सात अंक भएको छ । उता पराजित संकटाको भने ४ अंक मात्र छ ।

Post Comments