News लमजुङमा सिन्दुरे ढुङ्गा फुटबल मेला हुने
गोलनेपाल

सुन्दरबजार । “ऐतिहासिक स्थल सिंन्दुरे ढुंगा जाऔं फूटबल तथा विविध सांस्कृतिक कार्यक्रममा रमाऔं” भन्ने मूल नाराका साथ यस बर्ष पनि सिन्दुरे ढुङ्गा फुटबल मेला हुने भएको छ ।

सिन्दुरे खेलकुद विकास समिति, सुन्दरबजार – ११, सिंन्दुरे, दुराडाँडा, लमजुङको आयोजनामा विगत ३ दशक देखी आयोजना हुँदै आईरहेको प्रतियोगिता यहि पौष २५ गतेदेखि शुरु हुन गईरहेको आयोजकले जनाएको छ ।

सुन्दरबजार नगरपालिका–११ स्थित सिन्दुरे ढुङ्गा खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।

साथै सो अवसरमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आयोजक समितिका लालजंग दुराले जानकारी दिए ।

Post Comments