News मरिशस फुटबल टिमलाई सम्मान
गोलनेपाल

काठमाडौं । नेपालमा मैत्रीपूर्ण फुटबल म्याचका लागि रहेको अफ्रिकी मुलुक मरिशसको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्री भोजको आयोजना गरिएको थियो ।

नेपाल–मरिशस बिजनेश काउन्सिलले नेपालका लागि मरिशसका महाबाणिज्यदूत श्री गणेश कार्कीको प्रमुख आतिथ्यतामा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिशसको राष्ट्रिय फुटबल टिमलाई रात्रीभोजका साथै विविध कार्यले सम्मान गरेको हो ।

सो क्रममा बोल्दै महाबाणिज्यदूत कार्कीले नेपालमा मरिशसको फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै हर्ष महशुस भएको भन्दै यस कार्यले नेपाल र मरिशसको मैत्रीपूर्ण सम्वन्ध कायम गर्नुका साथै दुई देशका विच खेल पर्यटन र भाईचारा बिकास गर्न मद्धत पुग्ने बताए ।

बिश्वनै कोभिडको महामारीमा रहेको अवस्थामा देखाएको सद्भाव अविस्मरणिय रहने समेत उनले बताए । उनले आगामी दिनमा कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबिचको पर्यटन लगायत अन्य कार्यको विकास गर्न सफल हुनेमा आफु बिश्वस्त रहेको बताए ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै काउन्सिलका अध्यक्ष बटु लामिछानेले यस भ्रमणले नेपाल र मरिसस बिच जनस्तरमा दुई देशका सम्वन्धलाई अझ बलियो बनाउनुका साथै दुई देशबिच पर्यटन प्रवद्र्धन र ब्यापार प्रवद्र्धनका लागि समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाल एक सुन्दर राष्ट्र भएको भन्दै बिश्वमा शान्ति फैलाउने बुद्ध जन्मेको देश, सर्वोच्च शिखर सरगमाथा रहेको देश, पौराणिक र पुरातात्विक संरचनाले भरिपूर्ण भएको एक पर्यटकिय स्थल रहेकोले फुटबल खेलका माध्ययमले नेपालमा पर्यटनको विकास गर्न मद्धत पुग्ने भन्दै दुई देशबिच पर्यटन आदान प्रदानलाई सहयोग पुग्ने बताए । उनले मोरिशस टिमलाई नेपाल बसाई शुखपूर्ण र आनन्दमयी होस भन्ने कामना समेत गरे ।

वेलनेस अर्गानिक क्लब रेष्टुरेण्टमा विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा मोरिशस टिमलाई मायाको चिनोको रुपमा नेपाली ढाकाटोपी, ब्याच लगायत कलात्मक झ्याल प्रदान गरिएको थियो ।

संस्थाका सचिव युगजंग कार्कीले संचालन गरेको कार्यक्रममा संथाका सचिव सब्रिन गौतमले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए । यस्तै संस्थाका कोषाध्यक्ष रजनी थापाले मोरिशस टिम लगायत उपस्थितमा ब्याज वितरण गरेकी थिईन् ।

 

Post Comments