News मच्छिन्द्र लगातार दोस्रोपटक लिग च्याम्पियन
गोलनेपाल

काठमाडौं । सिजनको शुरुवातबाटै आफ्नो बलियो दावेदारीता पेश गरेको साविक विजेता मच्छिन्द्र फुटबल क्लबले लगातार दोस्रोपटक कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको छ ।

दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबमाथि शून्यका विरुद्ध १ गोलको साँघुरो जित निकाल्दै मच्छिन्द्रले लिगको दुई खेल बाँकी छँदै उपाधि जित्न सफल भएको हो । मच्छिन्द्रका लागि ५३औं मिनटमा अजरबैजानी खेलाडी नोर्लान जाहितले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

यो नतिजापछि ११ खेलबाट २९ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थान मै छ । दोस्रो स्थानको मनाङको १० खेलबाट २० अंक छ । मनाङले आफ्ना बाँकी खेलहरु जिते पछि मच्छिन्द्रलाई त्यसले खासै फरक पार्ने छैन ।

लिगमा अहिलेसम्म मच्छिन्द्र अपराजित पनि छ । त्यस्तै पराजित सातदोबाटो भने १५ अंकका साथ लिगतालिकाको छैठौं स्थानमा छ ।

आर्मी र शेर्पाको बराबरी

त्यस्तै बुधबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँड्ेका छन् । यो नतिजापछि ११ खेलबाट १९ अंक जोडेको आर्मी तेस्रो स्थानमा छ । उता शेर्पा भने १३ अंकका साथ आठौं स्थानमा छ ।

Post Comments