News अग्रता जोगाउन नसक्दा रोकियो थ्रीस्टार
गोलनेपाल

काठमाडौं । पहिलो हाफ मै बनाएको अग्रता जोगाउन नसक्दा रुस्लान थ्रीस्टार क्लबले ए डिभिजन लिगमा बुधबार नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेल्न बाध्य भएको छ ।

दशरथ रंगशालामा भएको दिनको तेस्रो खेलमा थ्रीस्टारले २१औं मिनटमा रितिक खड्काको गोलबाट अग्रता बनाएको थियो । तर त्यो अग्रता पाटने क्लबले पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो ।

उता दोस्रो हाफको ५१औं मिनटमा सुमन सुबेदीले पुलिसका लागि बराबरी गोल फर्काउँदै विभागीय टोलीको हार टारेका थिए । यो बराबरी नतिजापछि ११ खेलबाट १८ अंक जोडेको थ्रीस्टार लिगतालिकाको चौथो स्थानमा छ । उता पुलिस भने ११ अंकका साथ दशौं स्थानमा छ ।

Post Comments