News एपिएफसँग मनाङ हार्यो, एनआरटीसँग संकटा निराश
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार भएका दुई खेलहरुमा सनसनीपूर्ण नतिजा निस्किएका छन् । एक खेलमा एपिएफ फुटबल क्लबले मनाङ मस्र्याङ्दी क्लबमाथि ३–१ को प्रभावशाली जित निकाल्दा अर्को खेलमा न्युरोडटिम (एनआरटी) ले संकटालाई १–० ले निराश तुल्यायो ।

खेलको ३७औं मिनटमा अन्जन बिष्टको गोलबाट अग्रता बनाएर पनि मनाङले त्यसलाई धेरैबेर जोगाउन सकेन । गोल खाएको तीन मिनट लगतै आशिष लामाले एपिएफका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा भने विभागीय टोली थप सशक्त बन्न पुग्यो ।

८१औं मिनटमा मनि लामाले एपिएफका लागि दोस्रो गोल गर्दा त्यसको पाँच मिनट लगतै नबिन लामाले तेस्रो गोल थप्र्दै मनाङ विरुद्ध प्रभावशाली जित सुनिश्चित गरेका थिए ।

यो जितपछि ११ खेलबाट १४ अंक जोडेमो एपिएफ आठौं स्थानमा पुगेको छ । उता पराजित मनाङ् भने २० अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा एनआरटीले संकटालाई १–० ले हराउँदा स्टेफन समिर निर्णायक बने । पहिलो हाफको २८औं मिनटमा समिरले गरेको त्यो गोल टोलीलाई अहम जित दिलाउन प्रर्याप्त बन्यो ।

यो जितपछि ११ खेलबाट १७ अंक जोडेको एनआरटी लिगतालिकाको पाँचौं स्थानमा छ । उता पराजित संकटा भने १५ अंकका साथ छैठौं स्थानमा छ ।

Post Comments