News लिगको नयाँ सिजनमा किरनको टोली माजियाको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । माल्दिभ्सको शिर्ष लिग दिवेही प्रिमियर लिगमा किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले विजयी शुरुवात गरेको छ ।

माजियाले बिहीबार भएको लिगको आफ्नो पहिलो खेलमा सुपर युनाइटेड स्पोर्टसलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । खेलको ७८औं मिनटमा म्यान अफ द म्याच समेत घोषित स्टिवार्टले गरेको एक मात्र गोल माजियालाई जित दिलाउन निर्णायक बन्यो ।

स्मरण रहोस, किरन केही महिना अघि मात्र यस सिजनका लागि माजियामा आवद्ध भएका थिए । माजिया दिवेही प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन समेत हो ।

 

Post Comments