News एसियन कप छनौटमा फेरि नेपालको प्रतिद्वन्द्वी जोर्डन, कुवेत
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित एएफसी एसियन कपको अन्तिम चरणको छनौट प्रतियोगितातर्फ नेपाल समूह ए मा परेको छ । एएफसीले बिहीबार निकालेको ड्र अनुसार नेपालसँगै कुवेत, जोर्डन र इण्डोनेसिया समूह ए मा परेका हुन् । स्मरण रहोस, नेपालले कुवेत र जोर्डनसँग विश्वकप छनौटमा पनि एकै समूहमा रहेर खेलेको थियो ।

त्यस्तै अर्को दक्षिण एसियाली टोली भारत समूह डी मा परेको छ । जहाँ भारतसँगै हङकङ, अफगानिस्तान र कम्बोडिया रहेका छन् । त्यस्तै समूह ई मा परेको बंगलादेशसँगै बहराईन, तुर्कमेनिस्तान र मलेसिया रहेको छ भने समूह बी दुई दक्षिण एसियाली राष्ट्र माल्दिभ्स र श्रीलंकासँगै थाइल्याण्ड र उज्वेकिस्तान रहेका छन् ।

छनौट प्रतियोगिता अन्तरगत ६ समूहबाट प्रत्येक समूहको शिर्ष टोली आगामी वर्ष चीनमा हुने एएफसी एसियन कपका लागि सोझै छनौट हुनेछन् । त्यस्तै दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट ५ टोलीलले पनि एसियन कपको टिकट काट्न सफल हुने छन् ।

छनौट प्रतियोगिता जुन ८ तारीखदेखि शुरु हुने बताइएको छ । जसका लागि एएफसीले भारत, कुवेत, किर्गिस्तान, मलेसिया, मंगोलिया र उज्वेकिस्तानलाई तटस्थ खेलस्थलका रुपमा रोजेको छ । जसअन्तरगत कुवेत नेपाल कै समूहमा रहेकाले नेपालले कुवेत मै खेल्नेछ ।

Post Comments