News २८औं त्रिवेणी कपको उपाधि आयोजक कै पोल्टामा
गोलनेपाल

लमजुङ । आयोजक त्रिवेणी युथ क्लब, बेसिशहरले आइतबार सम्पन्न २८औं त्रिवेणी कपको उपाधि जित्न सफल भएको छ । फाइनल भिडन्तमा श्री भगवती क्लब, काठमाडौंलाई १–० को झिनो अन्तरले हराउँदै आयोजक विजेता बन्न सफल भएको हो ।

आयोजकको जितमा पहिलो हाफको ३५औं मिनटमा अफ्रिकी खेलाडी ग्लोरीले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो । विजेता बनेको त्रिवेणीले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता श्री भगवतीले १ लाख ५० हजारमा चित्त बुझायो ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक त्रिवेणीका पासाङ लामा घोषित भए । उनले पुरस्कार वापत नगद १५ हजार प्राप्त गरे ।

प्रतियोगिताको विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका अतिथीहरुले पुरस्कार वितरण गरेका थिए ।

Post Comments