News एपिएफलाई ३२औं त्रिवेणी कपको उपाधि
गोलनेपाल

बेसीशहर । संघर्षपुर्ण जित निकाल्दै यहाँ सम्पन्न ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि एपिएफ फुटबल क्लब, काठमाडौंले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा एपिएफले बुद्ध युवा क्लब, भोटेवडारलाई टाईब्रेकरमा हराउँदै उपाधि चुम्न सफल भएको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ बुद्ध युवा क्लबका लागि समिर तामाङ र समिराज थोकरले गोल गरेका थिए भने एपिएफका लागि हरी कार्की र युवराज खड्काले गोल गरेका थिए । टाईब्रेकरमा भने एपिएफले बुद्ध युवा क्लबमाथि ४–३ को जित निकाल्न सफल भयो ।

विजेता बनेको एपिएफले उपाधिसहित नगद १२ लाख हात पार्यो भने उपविजेता बुद्ध युवा क्लबले ६ लाखमा चित्त बुझायो । सेमिफाइनलमा पराजित भएका दुई टोली आयोजक त्रिवेणी युवा क्लब र टोखा भगवती क्लबले समान २–२ लाख प्राप्त गरे ।

त्यस्तै एपिएफका गोलरक्षक अन्जल श्रेष्ठ फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार एपिएफ कै प्रदिप लामाले हात पार्दा सर्वोत्कृष्ट खेलाडी बुद्ध युवा क्लबका इमान्युएल बोटेङ घोषित भए । दुवैले जनही २५–२५ हजार र ट्रफी हात पारे ।

Post Comments