News ४८औं डिवाइसी कप फागुन पहिलो सातादेखि
सुरज राना मगर

पसगाउँ । दुध पोखरी युवा क्लब, क्व्होलासोथर–६, पसगाउँ, लमजुङको आयोजनामा वार्षिक रुपमा हुँदै आएको डिवाइसी मप पुरुष तथा महिला फुटबल प्रतियोगिताको ४८औं संस्करण आउँदो फागुन ४ गतेदेखि हुने भएको छ ।

क्व्होलासोथर–६, पसगाउँ, लमजुङ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । पुरुषतर्फ १००००+२००० दर्ता शुल्क तोकिएको छ भने महिलातर्फ ४०००+२००० दर्ता शुल्क तोकिएको आयोजकले जानकारी दियो ।

पुरुषतर्फको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार, सर्वाधिक गोलकर्तालाई ५ हजार र उदीयमान खेलाडीलाई ४ हजारसहित ट्रफी प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

त्यसैगरी महिलातर्फको विजेताले उपाधिसहित ५० हजार हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ४–४ हजार हात पार्नेछ भने उदीयमान खेलाडीलाई २ हजारसहित ट्रफी प्रदान गरिनेछ ।

साथै प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफीसँगै पसगाउँको आकर्षक कोसेली प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

 

 

Post Comments