News जावलाखेल र एनआरटीको बराबरी
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार भएको पाँचौ चरणको पहिलो खेलमा न्युरोडटिम (एनआरटी) र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा दुवै टोलीबाट भएको गोलको केही अवसरहरु सदुपयोग हुन नसक्दा अन्ततः अंक बाँड्न बाध्य भए । जारी लिगमा एनआरटीको यो पहिलो बराबरी हो भने जावलाखेलको तेस्रो बराबरी हो ।

यो नतिजापछि जावलाखेलको पाँच खेलबाट ९ अंक भएको छ भने एनआरटीको ५ अंक मात्र भएको छ ।

 

Post Comments