News अपराजित किरनको टोली माजिया
गोलनेपाल

काठमाडौं । माल्दिभ्सको शिर्ष लिग खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले आफ्नो शतप्रतिशत जितको यात्रालाई सातौंं खेलसम्म पनि कायम राखेको छ ।

माजियाले शनिबार भएको खेलमा क्लब भ्यालेन्सियालाई ४–० को फराकिलो अन्तरले हरायो । माजियाको जितमा कर्नेलस स्टिवार्ट, टाना डोमिंगेज, अकरम अब्दुल घानी र असदुला अब्दुलाले एक–एक गोल गरे ।

लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको माजिया ७ खेलबाट २१ अंकका साथ शिर्ष स्थानमा यथावत छ । उता पराजित क्लब भ्यालेन्सिया भने १२ अंकका साथ तेस्रो स्थानमा छ ।

 

Post Comments