News जिनियस यु–१२ फुटसल आज बिहीबार
गोलनेपाल

काठमाडौं । जिनियस स्कुलको आयोजनामा यु–१२ जिनियस कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबार हुने भएको छ ।

प्रतियोगितामा आयोजकसहित विभिन्न ११ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका ऐकेडेमिक हेड प्रदिप वज्राचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासंगै अत्तिरिक्त क्रियाकलाप पनि उत्तिकै आवश्यक हुने हुँदा प्रतियोगिता आयोजना गर्न लागिएको वज्राचार्यले बताए । एकदिने प्रतियोगिताका खेलहरु लुभूस्थित आयोजककै हातामा हुने छ ।

Post Comments