News थ्रीस्टारसँग बीबीसी निरीह
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ रुस्लान थ्रीस्टार क्लबले बुधबार शानदार जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई ३-१ ले हरायो ।

खेलमा प्रभावशाली जित निकालेको थ्रीस्टारका लागि १५औं मिनटमा सुशान्त श्रेष्ठले गोलको खाता खोले । पहिलो हाफ कै ४१औं मिनटमा अनन्त तामाङले कर्नर किकमा हेडद्वारा दोस्रो गोल गरे ।

पहिलो हाफसम्म २–० को अग्रता कायम राखेको थ्रीस्टारले दोस्रो हाफमा थप एक गोल गर्यो । ५८औं मिनटमा वासिउ हजमतले बीबीसीका गोलरक्षक अगाडी बढेको मौका छोपी बक्स नजिकैबाट सटिक गोल गरे ।

खेलको अन्त्यतिर रोशन रानामगरले ब्रिगेड ब्वाईजका लागि १ गोल गरे।

जारी लिगमा थ्रीस्टारको यो तेस्रो जित हो । यो जितसँगै ५ खेलबाट १० अंक भएको छ । उता पराजित बीबीसीको भने ६ अंक छ ।

 

Post Comments