News शहिदनगरमा दोस्रो मेयर गोल्डकप हुँदै
गोलनेपाल

धबौली । धनुषाको शहिदनगर नगरपालिका–७, धबौलीमा दोस्रो मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । शहिदनगर नगरपालिकाको कार्यालय यदुकुहा, धनुषाको आयोजनामा यहि चैत्र १७ गतेदेखि प्रतियोगिता शुरु हुन गईरहेको छ ।

श्री स्पोर्टस क्लब, धबौली, धनुषा सह–आयोजक रहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । धबौली खेलकुद मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा गोलबजार स्पोर्टस क्लब र सामुदायिक विकास मञ्च, गोदार भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत्र २४ गतेका दिन हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भइसकेको आयोजकले जनाएको छ ।

Post Comments