News टिम ‘सी’ र ‘डि’ लाई फुटसल उपाधि
गोलनेपाल

काठमाडौं । टिम ‘सी’ र ‘डि’ ले प्रथम इन्ट्रा प्रिमियर स्पोर्ट्स एकेडेमी फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ‘सी’ जुनियर तथा ‘डि’ सिनियरमा पहिलो भए ।

प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलको प्रिमियर स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको जुनियर फाइनलमा अबिम रोका मगरको कप्तानीमा रहेको टिम ‘सी’ ले टिम ‘बी’ लाई पराजित ग¥यो । टिम ‘ए’ तेश्रो भयो ।

खुमल्टारस्थित आयोजककै हातामा भएको प्रतियोगिताको जुनियरमा अबिम रोका मगर उत्कृष्ट खेलाडी, सिजन ताम्राकार सर्वाधिक गोलकर्ता, अश्रय अग्रवाल उत्कृष्ट गोलरक्षक र रिजेन योञ्जन उदीयमान खेलाडी घोषित भए ।

सिनियरको उपाधि भिडन्तमा सारंश पुरी नेतृत्वको टिम ‘डि’ ले टिम ‘ए’ लाई हरायो । टिम ‘सी’ ले तेश्रो स्थानमा चित्त बुझायो ।

सारंश उत्कृष्ट खेलाडी, शुभम् शाक्य सर्वाधिक गोलकर्ता, सुगत श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा आदिल उदीयमान खेलाडी चुनिए ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, प्रिमियरका प्रबन्ध निर्देशक बसन्त थापा, स्पोर्ट्ए एकेडेमीका संयोजक राजु श्रेष्ठ, इसीए इन्चार्ज प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Post Comments