News दोस्रो खेलमा निरीह बन्यो नेपाल
गोलनेपाल

काठमाडौं । किर्गिस्तानमा जारी एएफसी फुटसल एसियन कप छनौटतर्फ नेपाली फुटसल टोलीले आफ्नो दोस्रो खेलमा फराकिलो हार बेहोरेको छ । सोमबार भएको समूह बी तर्फको दोस्रो खेलमा नेपालले ताजिकिस्तानसँग ११–१ को फराकिलो हार बेहोरेको हो ।

स्मरण रहोस, नेपालले आइतबार मात्र आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ को हार बेहोरेको थियो । सोमबार भने दोस्रो खेलमा शुरुवाती अग्रता लिएर पनि नेपाल निरीह बन्यो । आदिल हामिदको गोलबाट अग्रता बनाएको नेपालले त्यसलाई केहीबेर मै गुमाउन पुगेको थियो । र भारी अन्तरले पराजित हुन पुग्यो ।

लगातार दुई हारसँगै नेपालको छनौट प्रतियोगिताको चुनौति पनि समाप्त भएको छ । छनौट प्रतियोगितातर्फ नेपालले आफ्नो अन्तिम खेल मंगलबार अफगानिस्तानसँग खेल्नेछ । उता अफगानिस्तानले आइतबार भएको आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग ४–४ को बराबरी खेलेको थियो ।

Post Comments