News आयोजक वनदेवी अन्तिम चारमा
गोलनेपाल

धनगढी । आयोजक वनदेवी युवा क्लब जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा कालिका स्पोर्टस एकेडेमी, चितवनलाई २–० ले हराउँदै आयोजक वनदेवी अन्तिम चारमा पुगेको हो । वनदेवीको जितमा दुवै गोल चन्द्रा भण्डारीले गरिन् ।

भण्डारीले खेलको छैठौं मिनटमा पहिलो तथा ८९औं मिनटमा दोस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरेकी थिईन् । सेमिफाईनलमा अव वनदेवीले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी वनदेवीकी चन्द्रा भण्डारी प्लेयर अफ द म्याच घोषित भईन् । उनले नगद ५ हजार सहित ट्रफी हात पारिन् ।

प्रतियोगिता अन्तरत वैशाख ७ गते बुधबारको पहिलो सेमिफाइनल खेल दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

वनदेवी युवा क्लब, कैलालीको आयोजना तथा सुदुरपश्चिम खेलकुद परिषद्को प्रवद्र्धनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि बैशाख १० गतेका दिन हुनेछ ।

Post Comments