News आर्मीलाई हराउँदै एपिएफ फाइनलमा
गोलनेपाल

धनगढी । रोमाञ्चक जित हात पार्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब यहाँ जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

धनगढी रंगशालामा भएको खेलको २३ र ४४औं मिनटमा सरु लिम्बुले एपिएफका लागि लगातार दुई गोल गरिन् । त्यस्तै दोस्रो हाफतर्फ ७१औं मिनटमा साबित्रा भण्डारीले एपिएफका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेकी थिईन् ।

उता आर्मीले खेलमा फर्कने प्रयास जारी राख्यो । ८७औं मिनटमा सपना लामाले आर्मीका लागि पहिलो गोल फर्काईन भने ९०+२औं मिनटमा हेमा चौधरीले दोस्रो गोल गरिन् । यद्यपि टोलीलाई हारबाट भने जोगाउृन सकेनन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी एपिएफकी सरु लिम्बु प्लेयर अफ द म्याच घोषित भईन् । उनले नगद ५ हजार सहित ट्रफी हात पारिन् । प्रतियोगिता अन्तरगत बैशाख ८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक वनदेवी युवा क्लब, कैलाली र नेपाल पुलिस क्लबबीच हुनेछ ।

वनदेवी युवा क्लब, कैलालीको आयोजना तथा सुदुरपश्चिम खेलकुद परिषद्को प्रवद्र्धनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि वैशाख १० गतेका दिन हुनेछ ।

 

Post Comments