News लिगमा फ्रेण्डसको पहिलो जित
गोलनेपाल

काठमाडौं । ब्राजिलियन खेलाडी तथा प्रशिक्षक भित्राएर पनि खराब प्रदर्शनको पिडा भोगिरहेको फ्रेण्डस क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

आइतबार दशरथ रंगशालामा भएको छैठौं चरणको खेलतर्फ फ्रेण्डसले ललितपुर डर्बीका रुपमा रहेको भिडन्तमा शहरी प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई १–० को झिनो अन्तरले हरायो ।

खेल शुरु भएको १३औं मिनटमा फ्रेण्डसका लागि ब्राजिलियन खेलाडी वांगर डि कार्नोले गरेको एक मात्र गोल निर्णायक बन्यो । जारी लिगमा फ्रेण्डसको यो पहिलो जित समेत हो ।

कार्नो खेलको म्यान अफ द म्याच समेत घोषित भए । यो जितसँगै ६ खेलबाट ५ अंक जोडेको फ्रेण्डस लिगतालिकाको ११औं स्थानमा उक्लिएको छ । उता पराजित थ्रीस्टार भने १० अंकका साथ चौथो स्थानमा छ ।

Post Comments