News ओसन कपको सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

दलभञ्ज्याङ । हिली फिल्डर्स गोर्खा एफसी सातौं ओसन कप यु–१३ फुटबल च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

द ओसन क्लबको टर्फ खेलमैदानमा जारी प्रतियोगिताको समूह ए बाट महालक्ष्मी मावि समूह विजेता तथा नव जन जागृति युवा क्लब समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै समूह बी बाट वालिङ युनाइटेड एफसी समूह विजेता तथा अल स्टार एफसी समूह उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्न सफल भएका हुन् ।

प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनलमा नव जनजागृति युवा क्लबले वालिङ युनाइटेड एफसीको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा महालक्ष्मी मावि र अल स्टार एफसी आमने सामने हुने छन् ।

द ओसन क्लब, दलभञ्ज्याङ, गोरखाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।

 

Post Comments