News एसइइ कप फुटसल प्रतियोगिता हुने
गोलनेपाल

काठमाडौं । ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस २ को आयोजनामा प्रथम ब्राइट फ्युचर एसइइ कप फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २५ छात्र टिमको सहभागिता रहने ब्राइट फ्युचरका अध्यक्ष मोहन कार्कीले जनाएका छन् । यु–१७ उमेरसूहको प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

विजेता टोलीका खेलाडी र विधागत उत्कृष्टलाई ब्राइट फ्युचरमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस २ का प्रमुख श्याम महर्जनले जानकारी गराए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने बताइएको छ । तीनदिने प्रतियोगिताका खेलहरु नैकापस्थित आफ्नै हातामा हुने छ ।

 

Post Comments