गोरखा । गोरखाको शहिद लखन गाउँपालिकामा हिमालय देवी कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । पौष २६ गते शनिबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा साँधिखोला एफसीले विजयी शुरुवात गर्यो ।
शहिद लखन गाउँपालिका–६ पिपलछाप स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा साँधिखोलाले आयोजक हिमालय देवी युवा क्लब (ए) लाई १–० ले हरायो ।
त्यस्तै दोस्रो खेलमा तीनघरे युवा क्लबले आयोजक कै बी टिमलाई २–० गोल अन्तरले निराश तुल्यायो । यो हारसँग प्रतियोगितामा आयोजकको दुवै टोलीको चुनौति समाप्त भएको छ ।

त्यस्तै शनिबार नै भएको तेस्रो खेलमा चित्रे पोखरी एफसीले मकैसिङ्ग एफसीलाई ३–० ले हराउँदै विजयी शुरुवात गर्यो । यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच शहिद लखन गाउँपालिका–६ का वडा अध्यक्ष दिलिप नारायण थापाले गरेका थिए ।
श्री हिमालय देवी युवा क्लब, लखन गाउँपालिका–६ घैरुङ पिपलछाप, गोरखाको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक तिलक गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल आउँदो माघ १ गतेका दिन हुनेछ ।








- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन