News एएफसी यु–१७, यु–२० एसियन कप छनौट ड्र यसै महिना
गोलनेपाल

काठमाडौं । एएफसी यु–१७ एसियन कप र यु–२० एसियन कपको छनौट प्रतियोगिताका लागि ड्र यहि मई २४ तारीखका दिन क्वालालम्पुर स्थित एएफसीको मुख्यालयमा हुने भएको छ ।

स्मरण रहोस, एएफसी यु–१७ एसियन कप आगामी वर्ष बहराईनमा हुँदैछ भने एएफसी यु–२० एसियन कप आगामी वर्ष नै उज्वेकिस्तानले आयोजना गर्दैछ । दुवै प्रतियोगिताको छनौट प्रतियोगितामा ४४ देशहरुको सहभागिता रहने एएफसीले जनाएको छ । जसमा दक्षिण एसियाका सातै टोलीहरुको सहभागिता पनि रहनेछ ।

एएफसीका अनुसार यु–२० एसियन कप छनौटका खेलहरु दश फरक आयोजक राष्ट्रहरुमा हुनेछन् । जसमा बहराईन, इण्डोनेसिया, इराक, जोर्डन, किर्गिस्तान, लाओस, मंगोलिया, ओमान, साउदी अरेबिया र ताजिकिस्तान रहेका छन् । जुन यहि आउँदो सेप्टेम्बर १० देखि १८ तारीखसम्म सञ्चालन हुनेछन् ।

त्यस्तै एएफसी यु–१७ एसियन कप छनौट प्रतियोगिताका खेलहरु अष्ट्रेलिया, बंगलादेश, इण्डोनेसिया, जोर्डन, किर्गिस्तान, ओमान, साउदी अरेबिया, ताजिकिस्तान, उज्वेकिस्तान र भियतमा हुनेछन् । जुन खेलहरु भने अक्टुबर १ देखि ९ तारीखसम्म हुनेछन् ।

 

Post Comments