News
विश्वकर्मा कप खुला फुटसल हुँदै
काठमाडौं । ‘स्वस्थ रहन जिवनका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रथम विश्वकर्मा कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
यहि जेठ ७ गते शनिबारका दिन टोखा स्थित ग्राण्डी फुटसलमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी लगभग पूरा भईसकेको आयोजकले जनाएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क ४ हजार तोकिएको छ ।
विश्वकर्मा स्पोर्टस एकेडेमीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि