News च्यासललाई पछ्याउँदै एपिएफ
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले च्यासल युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

सोमबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा एपिएफले च्यासलसँग गोलरहित बराबरी खेल्दै अंक खोसेको हो । जारी लिगमा च्यासलको यो तेस्रो बराबरी हो भने एपिएफको दोस्रो बराबरी हो ।

खेलमा एपिएफका डिफेन्डर राजन गुरुङ म्यान अफ द म्याच घोषित भए ।सोमबारको नतिजापछि ६ खेलबाट ६ अंक जोडेको च्यासल लिगतालिकाको दशौं स्थानमा छ । त्यस्तै ५ अंक जोडेको एपिएफ भने ११औं स्थानमा छ र च्यासललाई पछ्याउँदै छ ।

 

Post Comments