News फिफा वरियतामा नेपाली महिला टिमको एक स्थान सुधार
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोलीले एक स्थान सुधार गरेको छ । जुन महिनाका लागि निकालिएको नयाँ वरियतामा नेपाल १०१औं स्थानमा छ । त्यसका लागि नेपालले कुल ११९६.७३ अंक बटुलेको छ ।

दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ । फिफा वरियताको ५६औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ । त्यस्तै १४६औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा रहँदा १४९औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।

त्यस्तै १५३औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १७२औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ छैठौं स्थानमा रहेको छ ।

विश्व वरियताको शिर्ष स्थानमा भने अमेरिका रहेको छ । त्यस्तै स्वीडेन दोस्रो स्थानमा छ भने फ्रान्स तेस्रो स्थानमा रहेको छ ।

Post Comments