News मनाङ र थ्रीस्टारको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ बहुप्रतिक्षित भिडन्तका रुपमा हेरिएको मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टार क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

शनिबार दशरथ रंगशालामा भएको रोमाञ्चक भिडन्तमा दुवै टोलीले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा शुरुवाती अग्रता थ्रीस्टारले बनाएको थियो ।

खेलको १९औं मिनटमा हालै क्लबमा आवद्ध भारतीय खेलाडी लाल रम्व्राले गरे । पहिलो हाफसम्म थ्रीस्टारले त्यो अग्रता जोगाउन समेत सफल भयो । तर, दोस्रो हाफको शुरुवाततर्फै मनाङका लागि ४८औं मिनटमा अन्जन बिष्टले पेनाल्टीबाट बराबरी गोल फर्काए ।

खेल प्रतिस्पर्धात्मक रुपमा अगाडी बढिरहेका बेला अन्जनले नै ७०औं मिनटमा दोस्रो गोल गर्दै मनाङलाई खेलमा अग्रता दिलाउन सफल भए । यद्यपि डिफेन्डिङ च्याम्पियनले पनि त्यो अग्रता जोगाउन सकेन ।

उता थ्रीस्टारका लागि ८३औं मिनटमा लम्व्राले नै दोस्रो गोल गर्दै टोलीको हार टारे भने मनाङसँग महत्वपुर्ण अंक खोस्न समेत सफल भए । यो जितपछि मनाङको ७ खेलबाट १३ अंक भएको छ भने थ्रीस्टारको ११ अंक छ ।

साथै यो नतिजाले लिगलिडर नेपाल आर्मी क्लब र मच्छिन्द्र क्लबलाई पनि केहि फाईदा पुगेको छ । समान १३–१३ अंक भएका आर्मी र मच्छिन्द्र क्रमश पहिलो र दोस्रो स्थानमा छन् । आर्मीले एक खेल कम खेलेको छ । मनाङ तेस्रो स्थानमा छ ।

Post Comments