News नेपाल आइपुग्यो पाकिस्तानी महिला फुटबल टोली
गोलनेपाल

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि पाकिस्तानी महिला फुटबल टोली नेपाल आइपुगेको छ । पाकिस्तानी टोलीलाई एन्फाको कार्यसमिति सदस्यद्वय मनिष जोशी र सरिला श्रेष्ठ लगायतले विमानस्थलमा स्वागत गरे ।

यहि भाद्र २१ गतेदेखि शुरु हुन गईरहेको महिला साफ च्याम्पियनसितर्फ पाकिस्तान समूह ए मा परेको छ । जहाँ उसले साविक विजेता भारतसँगै बंगलादेश र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले आफ्नो पहिलो खेल भाद्र २२ गतेका दिन भारतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यस्तै समूह बी मा आयोजक नेपालसँगै भुटान र श्रीलंका रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल भने असोज ३ गतेका दिन हुनेछ ।

 

Post Comments