News बंगलादेशसँग निरीह बन्यो श्रीलंका
गोलनेपाल

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपमा बंगलादेश पनि उत्कृष्ट जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । दावेदार मध्ये एक बंगलादेशले सोमबार भएको समूह ए तर्फको आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकालाई ५–१ को फराकिलो अन्तरले हरायो ।

बंगलादेशले आफ्नो आगामी खेल बुधबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै श्रीलंकाले शुक्रबारका दिन माल्दिभ्ससँगै खेल्ने कार्यक्रम छ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

बंगलादेश र श्रीलंकाबीचको खेलमा म्याच रेफ्रीका नेपालका फिफा रेफ्री कबिन ब्यञ्जनकारी थिए भने सहायक रेफ्रीमा युनाल मल्लले पनि भूमिका निर्वाह गरेका थिए ।

स्मरण रहोस, समूह बी तर्फ सोमबार नै भएको उद्घाटन खेलमा दावेदार भारतले भुटानलाई ३–० ले हराउँदै विजयी शुरुवात गरेको थियो । नेपाल पनि समूह बी मा छ । साथै नेपालले आफ्नो पहिलो खेल बुधबार भुटानसँग खेल्ने कार्यक्रम छ भने अन्तिम खेल शुक्रबार भारतसँग खेल्नेछ ।

Post Comments