News प्रथम रत्ननगर कप असोज १ देखि
गोलनेपाल

चितवन । हाईलाईट युथ क्लब, रत्ननगर–९, शिशै, बेलटाँडी, चितवनको आयोजनामा असोज १ गतेदेखि १६ गतेसम्म प्रथम रत्ननगर कप टेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागिताका लागि इच्छुक क्लबहरुलाई टिमदर्ता पनि खुला गरिएको छ ।

यहि भाद्र ३० गतेसम्म टिमदर्ता गर्ने अन्तिम मिति तोकिएको छ भने टिमदर्र्ता शुल्क ५ हजार रहेको आयोजकले जानकारी दियो । मनोहरा ग्राउण्डमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

 

Post Comments