News नेपाल यु–१५ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा भगवती
गोलनेपाल

काठमाडौं । अनुभवी महिला फुटबल प्रशिक्षक भगवती रानाले नेपालको यु–१५ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएकी छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले मुख्य प्रशिक्षक रानालाई बिहीबार नै एक कार्यक्रमका बीच नियुक्तिपत्र हस्तान्तरण गरे । त्यस्तै सहायक प्रशिक्षकमा मंगल महर्जन नियुक्त भएका छन् । सो अवसरमा एन्फाकी महिला सरिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

स्मरण रहोस, यस वर्ष आगामी नोभेम्बर १ देखि १२ तारीखसम्म बंगलामा साफ यु–१५ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसका लागि हाल नेपालमा पनि देशव्यापी रुपमा छनौट कार्यक्रम शुरु भईसकेको छ ।

 

 

Post Comments