News हरिसिद्धीलाई खुला फुटसलको उपाधि
गोलनेपाल

ललितपुर । प्रथम खुला राष्ट्रव्यापी फुटसल प्रतियोगिताको उपाधि आयोजक हरिसिद्धी फुटसलले जितेको छ । ललितपुर स्थित हरिसिद्धी फुटसलमा सम्पन्न फाइनल खेलमा आयोजक हरिसिद्धीले याला फुटसललाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको हरिसिद्धीले उपाधिसहित नगद ८० हजार पाउँदा उपविजेता याला फुटसलले ४० हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक याला फुटसलका आर्यन महर्जन बन्दा सर्वोत्कृष्ट खेलाडी हरिसिद्धी फुटसलका सन्दिप कार्की चुनिए ।

हरिसिद्धी फुटसलको आयोजना तथा हरिसिद्धी स्पोर्टस क्लबको विशेष सहयोगमा सम्पन्न दुई प्रतियोगितामा कुल ३२ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

Post Comments