News भारतसँग हार्दै उपविजेता मै सिमित नेपाल
गोलनेपाल

काठमाडौं । लज्जाजनक हारसँगै नेपाल बुधबार श्रीलंकामा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपको उपविजेता मै सिमित बनेको छ । कोलोम्बोमा सम्पन्न फाइनल भिडन्तमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग ०–४ को हार बेहोर्यो ।

स्मरण रहोस, नेपाल र भारत समूह चरणमा एकै समूहमा थिए । त्यतिबेला नेपालले भारतमाथि ३–१ को जित निकालेको थियो । तर त्यो प्रदर्शनलाई फाइनलमा दोहोर्याउन सकेन ।

भारतका लागि १८औं मिनटमा बबी सिंहले पहिलो गोल गरे । ३०औं मिनटमा कोरु सिंहले त्यो अग्रता दोब्बर पारे । नेपालले थप दुई गोल दोस्रो हाफमा खान पुग्यो । ६३औं मिनटमा वनलालपेकाले तेस्रो गोल थप्दा खेलको अन्तिमतिर इन्जुरी समयमा अमनले चौथो गोल गर्दै भारतको शानदार जित पक्का गर्यो ।

फाइनल प्रवेश गर्ने क्रममा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो भने नेपालले आयोजक श्रीलंकामाथि ६–० को फराकिलो जित दर्ता गरेको थियो ।

Post Comments