News हर्दि युवा समाज खैरहनी गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

खैरहनी । संघर्षपुर्ण जितका साथ हर्दि युवा समाज, चितवन यहाँ जारी प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनलमा हर्दि युवाले एभरेष्ट फुटबल एकेडेमी लालबन्दी, सर्लाहीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

त्यसअघि खैरहनी माविको खेलमैदानमा सम्पन्न निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ हर्दि युवाका लागि संजय चौधरी र प्रकाश लोप्चनले गोल गरे । उता एभरेष्टका लागि दुवै गोल राकेश बिकले गरे ।

टाईब्रेकरमा भने हर्दि युवा समाजले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा हर्दि युवा कै बिज्ञान चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज ९ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल बिरगंज युनाइटेड, बिरगंज र पदमपोखरी युनाइटेड एफसी, हेटौडा बीच हुने आयोजकले जानकारी दियो ।

विपन्न उत्थान मञ्च, खैरहनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार पाउनेछ । फाइनल खेल यहि असोज १६  गतेका दिन हुनेछ । 

Post Comments