News डिवाईडिए दुम्कीवास क्वाटरफाइनलमा
गोलनेपाल

चोरमारा । डिवाईडिए दुम्कीबास यहाँ जारी दोस्रो मध्यविन्दु कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चोरमारा रंगशालामा सम्पन्न प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनलमा डिवाईडिएले युवाईसी गिरुबारीलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

चोरामारा युवा क्लब, मध्यविन्दु–७ चोरमाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

Post Comments