News अरुणखोला सेमिफाइनलमा प्रवेश
गोलनेपाल

चोरमारा । यहाँ जारी दोस्रो मध्यविन्दु कप खुला नकआउट फुटबल प्रतियोगितामा झिनो अन्तरको जितका साथ अरुणखोला युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

चोरमारा रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा अरुणखोलाले आयोजक चोरमारा युवा क्लब (रातो) लाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा चोरमाराका नितेश चौधरी म्यान अफ द म्याच घोषित भए ।

चोरमारा युवा क्लब, मध्यविन्दु–७, चोरमाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

Post Comments