News असोज १५ देखि दोस्रो धनगढीमाई गोल्डकप
गोलनेपाल

धनगढीमाई । धनगढीमाई नगरपालिका, धनगढी, सिरहाको आयोजनामा यहि असोज १५ गतेदेखि दोस्रो धनगढीमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो । साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा संयुक्त युवा परिवार एफसी र बारा–११ भिड्नेछन् ।

कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २३ गतेका दिन हुनेछ । त्यस्तै असोज २२ गते प्रतियोगिताको विश्रामका दिन नेपाल र भारतको महिला फुटबल टोलीबीच मैत्रीपुर्ण फुटबल म्याच हुने पनि आयोजकले जानकारी दियो ।

Post Comments