News धनकुटा बन्यो खुदुनाबारी गोल्डकप च्याम्पियन
गोलनेपाल

खुदुनाबारी । तेस्रो खुदुनाबारी गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटाले जितेको छ । फाइनलमा आयोजक जुनतारा फुटबल क्लबलाई टाईब्रेकरमा ३–० ले हराउँदै धनकुटा च्याम्पियन बनेको हो ।

अर्जुनधारा–३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको निर्धारित समयको खेल १–१ गोलको रोमाञ्चक बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । जसमा धनकुटा हावी बन्यो ।

विजेता बनेको धनकुटाले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता जुनताराले ५५,५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

 

 

 

Post Comments